मोटरसाइकल चोरी गर्दै गर्दा तीनजना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
पर्सा
मोटरसाइकल चोरेर भाग्ने क्रममा पर्साबाट तिनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का रंजित सहनी, १९ वर्षीय सभन पाठक र पर्साको विन्दवासिनी गाउँपालिका–२ का २८ वर्षीय राजनाथ यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सहनी र पाठकले बुधवार विहान पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवाका बिनोद प्रसाद सहनीको नाममा रहेको ना १६ प २९७४ नम्बरको मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरी राखेकोमा गेट तोडी बाटोमा ल्याई लक तोड्दै गरेको अवस्थामा प्रहरीका ेफन्दामा गरेका हुँन ।

त्यस्तै मंगलवार दिउँसो वीरगञ्ज महानगरपालिका–३ ठाकुरराम क्याम्पस पछाडिको गल्लीबाट अनिल कुमार चापागाईको नाममा रहेको ना ४४ प ८२७५ नम्बरको पार्किङ गरी राखेको मोटरसाइकल यादवले लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनिहरुको बिषयमा थप अनुसन्धान भईरहेको बताईएको छ।