आज्ञा सम्वाददाता
जनकपुरधाम
मधेश प्रदेश सरकारको आज बसेको मन्त्री परिषदको बैठकले किसानको समस्या पहिचान तथा समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवको संयोजकत्वमा बैठकले पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो । समितिलाई कृषि तथा पशुपक्षि विकास, किसानको मलखाद, विउविजन तथा सिचाई समस्या , विमाको अवस्था , डुवान कटानको अवस्था , कृषि यान्त्रीकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतिकरणको अवस्था , मधेश प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेश सरकारले कषि सुधारको लागी गरेको गतिविधिको समीक्षा एवं अगामी योजना बारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको छ।
समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो , आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकास सर्राफ रहेका छन् ।
समितीले १५ दिन भित्र अन्तरिम प्रतिवेदन मन्त्री परिषदमा पेश गर्ने समय दिइएको उच्च स्तरीय समितिलाई १ महिनामा पूर्ण प्रतिवेदन पेश गरिने समय सिमा दिइएको मधेश सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले बताए ।