रेल्वे कम्पनीमा लगाइएको ताला प्रहरीले तोडे

[sharethis-inline-buttons]

जनकपुर
प्रहरीले नेपाल रेल्वे कम्पनीको जनकपुरधाम स्थित कार्यालयमा लगाएको ताला सोमवार तोडेपछि पुराना कर्मचारीहरू पुनः आन्दोलित भएका छन् ।
शुक्रबार जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा रेल्वे संघर्ष समितिका कर्मचारी ले तालाबन्दी गरेका थिए ।
उनीहरूले नेपाल रेल्वे कम्पनीद्वारा सञ्चालित तालिम बन्द गर्नुपर्ने, प्रहरी परिचालन गरेर सञ्चालन भईरहेको तालिम बन्द हुनुपर्ने, पुरानो तालिम प्राप्त कर्मचारीलाई बहाली गर्नुपर्ने, आफूहरूको पूरानो पारिश्रमिक भुक्तानी गर्नुपर्नेलगायतका माग राखेका छन् ।