नेपाल रेल्वे कम्पनीको कार्यालयमा पुराना कर्मचारीले दोस्रो चरणको आन्दोलन सुरु गरे

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा
नेपाल रेल्वे कम्पनीको कार्यालयमा कार्यरत पुराना कर्मचारीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । आन्दोलन स्वरुप रेल्वे कर्मचारी संघर्ष समितिले शुक्रवार जनकपुरधाम स्थित रेल्वे स्टेशनको कार्यालयमा तालाबन्दी गरेका हुँन् ।
संघर्ष समितिमा आवद्ध दिलिप साहले कर्मचारी भर्नामा अनियमितता गरेको भन्दै विगत १५ दिनदेखि धर्ना, प्रदर्शन गर्दै आए पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताएका छन ।
रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई रेल्वे संचालनका लागि ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेर तालिम दिन थालेपछि तालिम लिएका कर्मचारीहरु चरणवद्ध रुपमा आन्दोलनमा उत्रेका हुन् ।
उनिहरु जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउन जाँदा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले रेल्वे कम्पनीका महाप्रबन्धक झालाई कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गरिरहेकोे गुनासो गरेकाछन ।