सृष्टि क्षेत्री, महोत्तरी
सरकारी चिकित्सक संघ (गोदान)ले बिहिवार एक विज्ञप्ति जारी गर्दै जलेश्वर अस्पतालका मेसुलाई घाइते बनाउनेलाई कारवाहीको माग गरेको छ । गोदानले डा. सतिश साहमाथि कुटपिट गर्नेहरू विरुद्ध मानव अधिकार हनन, ज्यान मार्ने प्रयास र अत्यावश्यक सेवा अवरोधको मुद्दा चलाउन माग गरेको हो ।
कुटपिट गर्नेलाई नियमानुसार गैरजमानी हिरासतमा राखी कारबाही गर्न समेत माग गरेको छ ।
बुधवार राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेश प्रदेशमा भइरहेको निर्वाचन बिथोल्नका लागि डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले
बर्दिबास जाँदै गरेका डा.साहको गाडीमा तोडफोड गर्ने क्रममा डा. साह घाइते भएका थिए । गादानले डा. साहमाथि भएको घटनाले स्वास्थ्यकर्मीलगायत राष्ट्रसेवक कर्मचारीको मनोबल घटने ठहर गरेको छ ।