इन्जुरी टाइममा लाउटारो चम्किए, अर्जेन्टिना विश्वकप फाइनलमा

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौँ

साविक विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ। इन्जुरी टाइममा सुपर सब लाउटारो मार्टिनेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको हो।

पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफ सुरु भएपछि इंग्ल्यान्डले खेलमा अग्रता लियो। ५५औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै एन्थोनी गोर्डनले गोल गरेपछि इंग्ल्यान्ड १–० ले अघि बढेको थियो।

अग्रता लिएपछि इंग्ल्यान्डले रक्षात्मक रणनीति अपनाए पनि अर्जेन्टिनाले लगातार दबाब कायम राख्यो। त्यसको फलस्वरूप एन्जो फर्नान्डेजले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए।

निर्धारित समय सकिनै लाग्दा खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। त्यही क्रममा इन्जुरी टाइममा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए।

अन्तिम समयमा अग्रता जोगाउन नसक्दा इंग्ल्यान्डको फाइनल पुग्ने सपना सेमिफाइनलमै समाप्त भयो। अर्कोतर्फ, कठिन अवस्थाबाट पुनरागमन गरेको अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यसहित फाइनलमा पुगेको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...