आज्ञा खबर
बर्दिबास
नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर १ को १५औँ क्षेत्रीय महाधिवेशन मंगलबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मधेस प्रदेश संयोजक पद्मनारायण चौधरीको प्रमुख आतिथ्यतामा महाधिवेशन सम्पन्न भएको हो। नेपाली कांग्रेसका नि वर्तमा न तरुण दलका केन्द्रिय सदस्य मिन कोईरालाका अनुसार कार्यक्रममा पार्टीका क्षेत्रीय तथा नगरस्तरीय नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
महाधिवेशनमा क्षेत्रीय सभापति बैकुण्ठ कोइराला, प्रदेशसभा क्षेत्र नम्बर१ ‘क’ का सभापति रूपनारायण सिंह, प्रदेशसभा क्षेत्र ‘ख’ का सभापति प्रमोदकुमार झा, बर्दिबास नगर सभापति बालकृष्ण दाहाल (कुमार) तथा गौशाला नगर सभापति रामपुकार महतोको सहभागिता रहेको थियो।
महाधिवेशनमा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यदिशा तथा संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।
महाधिवेशनले क्षेत्रीय तहमा पार्टी संगठनलाई थप सक्रिय बनाउँदै आगामी राजनीतिक तथा सांगठनिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
