आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकामा किशोरीहरूको महिनावारी स्वास्थ्य तथा स्वच्छता व्यवस्थापनलाई केन्द्रमा राख्दै तीनदिने विशेष तालिम सम्पन्न भएको छ। सामुदायिक तथा संस्थागत गरी आठ विद्यालयका २४ जना छात्रालाई सहभागी गराई सञ्चालन गरिएको तालिमले महिनावारीलाई लाज वा भ्रमको विषय होइन, स्वास्थ्य र सम्मानसँग जोडिएको प्राकृतिक प्रक्रियाका रूपमा बुझ्न प्रेरित गरेको छ।






