आज्ञा खवर
वर्दिवास
वर्दिवास नगरपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा २०८२ मा विद्यार्थी सक्षम खतिवडाले उत्कृष्ट सफलता हासिल गर्दै छात्र तर्फ नगर टप गर्न सफल भएका छन् । उनले ४।० प्राप्त गर्दै आफ्नो विद्यालय तथा नगरकै गौरव बढाएका हुन् ।
वर्दिवास नगरपालिका वडा नं. १ को श्री देउरालि मा.वि. का विद्यार्थी सक्षमले निरन्तर मेहनत, अनुशासन र लगनशीलताका कारण यो सफलता हासिल गरेको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयले सक्षमको उपलब्धिप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अझ उज्ज्वल भविष्यको शुभकामना दिएको छ । परीक्षामा उत्कृष्ट नतिजा ल्याएर सक्षमले अन्य विद्यार्थीहरूका लागि प्रेरणाको उदाहरण प्रस्तुत गरेका छन् । स्थानीय अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूले सक्षम खतिवडालाई बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।
वर्दिवास नगरपालिका वडा नंं. १४ का स्थायिवासिन्दा भवनाथ खतिवडा तथा ममता खतिवडाका १६ वर्षिय छोरा सक्षमले यस वर्षको एस ई ई परिक्षामा राम्रो नतिजा ल्याई आफ्नो परीवार तथा ठाउँको ईज्जत वढाएको स्थानियहरु वताउछन् ।






