जेन–जी आन्दोलनले क्षतिग्रस्त सिन्धुलीका कार्यालय पुनर्निर्माणमा घ्याङ्लेख गाउँपालिकाको सहयोग

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी कार्यालय र सार्वजनिक सम्पत्तिको पुनःस्थापनामा घ्याङ्लेख गाउँपालिका अघि सरेको छ।

गाउँपालिकाले मंगलबार बसेको कार्यपालिका बैठकमार्फत जनप्रतिनिधि र कर्मचारीको तलब–सुविधाबाट कटौती गरी जम्मा गरिएको १ लाख १० हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले जानकारी दिनुभयो।

उहाँका अनुसार, क्षतिग्रस्त संरचना र उपकरणको विकल्प स्वरूप चाँडै नै जिल्ला प्रशासन कार्यालयलाई नागरिकता छाप्ने प्रिन्टरसहितको कम्प्युटर र जिल्ला अदालतलाई कम्प्युटर हस्तान्तरण गरिनेछ।

जिल्लामा हालसम्म १३ वटा सरकारी कार्यालय आन्दोलनको प्रभावमा परेका छन्। प्रभावित कार्यालयमध्ये जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कमलामाई नगरपालिका, मालपोत कार्यालय, जिल्ला समन्वय समिति, करदाता सेवा कार्यालय र नेपाल बार एसोसिएसन जिल्ला इकाइ प्रमुख रहेका छन्।

आन्दोलनका क्रममा ती कार्यालयका कागजात, तथ्याङ्क, कम्प्युटर, प्रिन्टरलगायतका उपकरण पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। विशेषगरी जिल्ला प्रशासन कार्यालयको डाटा सेन्टर, नागरिकता, राहदानी, प्रशासनिक तथा मुद्दा अभिलेख समेत जलेर नष्ट भएको प्रशासनले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...