वर्षातले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

[sharethis-inline-buttons]

आज्ञा खबर
काभ्रे
सोमबार राति परेको वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। निरन्तरको वर्षासँगै सडकमा आएको लेदोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार रोशी गाउँपालिका–११ स्थित माम्ती, वडा नं ९ को पिन्थली र विरुवाडाँडा सडकखण्डमा लेदोका कारण सवारी आवागमन ठप्प भएको थियो।

प्रहरी निरीक्षक धाँजुका अनुसार ट्राफिक प्रहरी, नेपाल प्रहरी तथा सडक डिभिजन कार्यालयको संयुक्त प्रयासमा मंगलबार बिहान ८ः३५ बजे सडकमा जमेको लेदो हटाएर दुबैतर्फ सवारी आवागमन सुचारु गरिएको हो।

हाल राजमार्ग सञ्चालनमा आए पनि सडक चिप्लो र जोखिमपूर्ण भएकाले ट्राफिक प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...