सर्लाहीबाट गएको अवलोकन टोली सवार गाडी मकवानपुरमा दुर्घटना, १४ जना घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
मकवानपुर
सर्लाहीको लालबन्दीबाट अवलोकन भ्रमणमा गएका यात्रु सवार गाडी आज दिउँसो मकवानपुरको त्रिभुवन राजपथस्थित भीमफेदी गाउँपालिका–९ को छैसठ्ठी मोडमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

लालबन्दी नगरपालिका अन्तर्गत लघु उद्यम विकास शाखाबाट अन्तर जिल्ला भ्रमणका लागि चित्लाङ गएका कर्मचारी र विभिन्न वडाका महिलाहरु फर्किने क्रममा सो दुर्घटना भएको हो। उनीहरू चढेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर भ्यान सडकबाट २० मिटर तल खसेको थियो। गाडी सल्लाको रुखमा अड्किएर ठूलो दुर्घटना टरेको प्रहरीको भनाइ छ।

दुर्घटनापछि भैंसे र पालुङका प्रहरी तथा स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरिएको थियो। उनीहरूलाई तत्कालै एम्बुलेन्समार्फत उपचारका लागि हेटौंडा लगिएको बताईएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्रेक फेल भएपछि दुर्घटना भएको जनाइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...