संरक्षणको पर्खाइमा बर्दिवास–३ कालापानीको पिकनिक स्थल

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ मा अवस्थित कालापानी पिकनिक स्थल प्राकृतिक सौन्दर्य, हरियाली र शान्त वातावरणका कारण मधेश प्रदेशकै एक आकर्षक गन्तव्य बन्ने सम्भावना बोकेको ठाउँ हो। तर, उचित संरक्षण र आधारभुत पूर्वाधारको विकास हुँन नसक्दा यो स्थल अहिले ओझेलमा परेको छ।
सहरको भीडभाडबाट टाढा र दैनिक जीवनको चापबाट राहत पाउन चाहनेका लागि कालापानी आदर्श स्थल हो। वरिपरि हरिया वनजंगल, स्वच्छ हावा, र प्राकृतिक स्रोत–साधनले भरिपूर्ण बन क्षेत्रभित्रैपर्ने यो ठाउँमा वर्षेनी हजारौ मानिस पिकनिक मनाउन आउने गरेका छन्। विशेषगरी नयाँ वर्ष, माघे संक्रान्ति र तिहारजस्ता अवसरमा यहाँ बिशेश चहलपहल बढ्ने गर्छ । तर, सम्बन्धित निकायको बेवास्ता,ध्यानको कमी र संरचना अभावका कारण यहाँ आउने पर्यटकहरुले आवश्यक सुविधा नपाएको देखिन्छ।

कालापानी पिकनिक क्षेत्रभित्रै रहेको ताल बन्न सक्ने पोखरी छन ।जसले यहाँको वातावरणलाई थप रमणीय बनाएको छ।
यिनै पोखरीका किनारमा बगैंचा,बिभिन्न प्रजातीका बन्य जन्तुको चिडिया घर बनाउने, सुटिङ स्पटको रुपमा विकास गर्ने र परिवारसँग समय बिताउन उपयुक्त स्थल बनाउने सम्भावना यो ठाउँमा अझै प्रशस्तै रहेको छ।

पुर्व पश्चिम महेन्द्र राजमार्गदेखी करीब १३ किलो मिटर उतर, बर्दिवास,काठमांडौँ सडकखन्ड अन्तरगत बि.पि राजमार्गको काखमै अवस्थित यो स्थानमा पिकनिक गर्न आवश्यक पूर्वाधार जस्तै पानी, शौचालय, आराम गर्ने छायाँदार संरचना, फोहोर व्यवस्थापन प्रणाली र सुरक्षाको कारण समेत यहाँ जाने पर्यटकहरु अन्नदको अनुभब गर्दछन।
स्थानीय बासिन्दाहरू तथा पर्यटन व्यवसायीहरू भने यस क्षेत्रको सम्भावनाबारे उत्साहित देखिन्छन्। उनीहरू भन्छन्,“यदि स्थानिय, प्रदेश तथा संघीय सरकारको सहकार्यमा संरक्षण र पूर्वाधार विकास गरियो भने कालापानी मधेशकै नमुना पिकनिक पार्क स्थल बन्न सक्छ।”उनीहरूले स्थानीय युवालाई परिचालन गरेर सफाइ अभियान, सूचना बोर्ड, बगैंचा विकास भौतिक पुर्वाधार निर्माण र प्रवेश व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

कालापानीलाई पर्यटन गन्तव्यको रूपमा विकास गर्दा यहाँ भएका बनक्षेत्रलाई हानी नोक्सानी नपुग्नेगरी काम गर्नसके सुनमा सुगन्ध थपिने पिकनिक स्थलका अध्यक्ष संजिब भण्डारीले बताए ।
उनले,भने यहाँको फ्रेस खाना तथा कृषि उत्पादनको बिक्रीमार्फत स्थानीयलाई रोजगारीको समेत सुनौलो अवसर मिल्ने भएकाले यसलाई प्रबद्धन गर्नसके यस ठाउको आर्थिक समृद्धिमा पनि योगदान पुग्नेछ ।

पिकनिक र घुमफिरसँगै स्थानीय संस्कृति र सम्पदा प्रवद्र्धन गर्न पनि सकिनेछ। यसै क्रममा बर्दिवास नगरपालिकाको योजना बनाउने तहमा कालापानीबारे केही प्रस्तावहरु चर्चामा आएकै हुन्। नगरपालिकाको संस्कृती पर्यटन प्रबद्धन समितीले यसलाई प्राथमिकतामा राखेपनि यो पिकनिक स्थलको केहि आवश्यक कागजी प्रक्रिया पुरा हुन बाकि रहेकाले प्रबद्धनको कामलाई अगाडी बढाउन नसकिएको नगरपालिकाका संस्कृती पर्यटन प्रबद्धन समितीका अध्यक्ष हिरालाल गौतमले जानकारी दिए ।
अतः कालापानी पिकनिक स्थल हाल विकास र संरक्षणको पर्खाइमा बसिरहेको छ। यदि तत्काल संरचना सुधार, वातावरणीय संरक्षण र यस्को प्रचारप्रसारमा ध्यान दिइयो भने कालापानी नजिकको बर्दिवास शहरमात्र होइन यो सिंगो मधेश प्रदेशकै आकर्षक पर्यटकीय केन्द्र बन्न सक्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...