पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार, एन्जिओप्लास्टीपछि चिकित्सकीय निगरानीमा

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौँ
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ। हाल उनि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्।

बिहीबार उनको मुटुमा एन्जिओप्लास्टी गरिएको थियो। अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलका अनुसार शल्यक्रियापछि नेता नेपाललाई २४ घण्टासम्म सिसियु मा राखिएको छ र अब उनलाई वार्डमा सार्ने तयारी भइरहेको छ।

डा.गजुरेलका अनुसार नेता नेपाललाई आगामी ७२ घण्टा चिकित्सकको कडा निगरानीमा राख्नेछन। “नेपालको मुटुको एक नसा पहिल्यैदेखि साँघुरो थियो,” “यही समस्यालाई ध्यानमा राखी एन्जिओप्लास्टी गरिएको हो।”

एन्जिओप्लास्टी एक चिकित्सा प्रक्रिया हो जसअन्तर्गत मुटुको रक्त नलीमा जमेको बोसो वा अन्य पदार्थ हटाइ रक्त प्रवाह सहज बनाइन्छ। यस विधिबाट मुटुको रक्तसञ्चार प्रणालीमा सुधार ल्याउन सकिन्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...