आज्ञा खबर
बर्दिवास
प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिवार महोत्तरीको बर्दिवास स्थित शुभस्वस्तिक अस्पतालले पत्रकारहरूलाई लक्षित गर्दै विशेष स्वास्थ्य सुविधा घोषणा गरेको छ। महोत्तरीको बर्दिवासमा दिवसको अवसर पारेर नेपाल प्रेस युनियन महोत्तरी शाखाले आयोजना गरेको १२ औ साधारण सभामा अस्पतालले पत्रकारहरूको उपचारमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको जनाएको हो। घोषणाकै क्रममा अस्पतालले यस बर्षदेखी हरेक बर्ष नेपाल प्रेस युनियन महोत्तरी शाखाले दिईने पत्रकारीता पुरस्कारमा समेत सहयोग पुग्नेगरी रकम उपलब्द गरीदिने जनाएको छ ।
शुभस्वस्तिक अस्पतालका प्रबन्ध निर्देशक दिपक कार्कीका अनुसार स्वतन्त्र पत्रकारिता सुदृढ लोकतन्त्रको मेरुदण्ड हो भन्ने मान्यताका साथ यो विशेष सुविधा ल्याइएको हो। “पत्रकारहरू जनताको आवाज बन्ने काममा अग्रपंक्तिमा रहन्छन उनीहरूको स्वास्थ्यको ख्याल गर्नु हाम्रो दायित्व हो,कार्कीले बताए।
उक्त छुट औषधि बाहेकका विविध स्वास्थ्य उपचारको सेवाहरूमा लागू हुने अस्पतालले जनाएको छ। यो सुविधा प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर घोषणा गरिए पनि आगामी एक वर्षसम्म लागू हुने बताइएको छ। छुट प्राप्त गर्न पत्रकारले मान्यता प्राप्त पत्रकार महासंघ वा सम्बन्धित संस्थाबाट जारी परिचयपत्र अनिवार्य पेश गर्नुपर्नेछ।
पत्रकारिता क्षेत्रमा कार्यरत व्यक्तिहरूको लागि अस्पतालको यो निर्णयले सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।





































