आज्ञा खबर
रौतहट
रौतहटबाट पछिल्लो ५ दिन देखि हराईरहेका बालकको शव गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा फेला परेको छ। हराइरहेका वृन्दावन नगरपालिका ७ बस्ने सुरुज राय यादवको छोरा वर्ष १४ को कृष्ण प्रसाद यादवको शव पानीमा घोप्टो अवस्थामा आज बिहान ९ बजे फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताए। गत ६ गते बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी आफ्नै मोटरसाइकल चढेर बालक निस्किएका थिए। ३ दिनसम्म बालक घरमा फिर्ता नआएपछि गत ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय ज्येष्ठ नागरिक महिला तथा बालबालिका सेल गरुडामा खोजतलासको लागि निवेदन दिएका थिए। उनको खोजतलासको क्रममा
प्रहरीलाई घटनाको जानकारी प्राप्त हुनासाथ डिएसपी कार्कीसहितको टोली अनुसन्धानको लागि घटनास्थलमा खटिएको थियो। बरामद शवको प्रकृति हेर्दा कर्तव्य गरी हत्या गरिएको जस्तो देखिएको डीएसपी कार्कीले जानकारी दिएका छन्। बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुनसक्ने अनुमान रहेको डीएसपी कार्कीले बताएका छन्।
बालकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले बताएको छ।





































