आज्ञा खबर
बर्दिवास
आज लोकतन्त्र दिवस जनताको विजय भएको खुसिको दिन,यहि खुशीयालीमा विसं २०६४ सालदेखी देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत सात दलको मागअनुसार विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।
तत्कालीन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीनजनालाई प्रधानमन्त्री बनाउँदै÷हटाउँदै गरे । विसं २०६१ माघ १९ गते ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन जनयुद्धमा होमिएका नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो ।
विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।
सोही सालको नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।
विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे जहानिया राजसंस्थाको विधिवत् अन्त्य गर्यो
विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधान बमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भएर आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ ।
जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको
भएपनि हरेक कालखण्डमा नेपाली नागरिकले दुःख पाएका छन्। लोकतन्त्र, सुखी एवं समृद्ध ‘भोलि’का लागि नेपाली नागरिकले संघर्ष गरेको ग–यै छन्। हरेक आन्दोलनमा केही न केही सपुत गुमाएकी छिन नेपाल आमाले यही सिलसिलामा पछिल्लोपटक सयौं नागरिकको सहादतबाट लोकतन्त्र स्थापना भयो। तर राजतन्त्र अन्त्य भएर लोकतन्त्र आएको दशक नाघिसक्दा तथा जनआकांक्षाअनुसार भनिएको संविधान जारी भएको करीब एक दशक पुग्नैलाग्दापनि जनता दुःख भने उस्तै छन्। जनताको जीबन स्तरमा कुनै किसिमको परिवर्तन भएको छैन २००७ सालमा प्रजातन्त्र आएपछि पनि जनताको सपना सपनामै सीमित रह्यो। नेपाली माटो सुहाउँदो भनिएको ‘पञ्चायती ब्यवस्थापनि ठीक कि बेठीक भन्ने द्वन्द्वमै ३० वर्ष बित्यो। त्यसपछिको प्रजातन्त्र सीमित नेताका लागि स्वर्णिम युग भए पनि नागरिकका लागि ‘हात्ती आयो, हात्ती आयो फुस्सा’भन्दा बढी केही भएन। सयौंको आहुतिमा आएको लोकतन्त्र छोटो अवधिमै मैलो र दुर्गन्धित भइरहेको देखिन्छ।





































