सिन्धुलीबाट १९ लाख ३३ हजार ५ सयको अवैद्य सामान बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
कुरियर सेवाको नाममा बिलबिजक नभएको सामान ओसारपसार गर्ने गाडीलाई सिन्धुली प्रहरीले बुधवार राती नियन्त्रणमा लिएको छ । हिजो राती ८ बजे कुरियर सामान भित्र लुकाई छिपाई ल्याएको नक्कली गर हनासहितको सामन जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले नियन्त्रणमा लिएको हो ।

सिन्धुली सदरमुकामको ढुंग्रेबास प्रहरी चौकी बाट खटिएको प्रहरीले विपी राजमार्ग अन्तरगत हिरापानी चेकपोष्टमा गाडी चेकजाँच गर्ने क्रममा १९ लाख ३३ हजार पाँच सय बराबरको अवैद्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) अनिल कुमार खड्काले जानकारी दिए । बिराटनगरबाट काठमाडौँतर्फ जादैँ गरेको प्र.१–०१–००१ च ८६३९ नम्बरको कुरियर बोक्ने गाडीमा कुरियरका सामानहरु भित्र लुकाई छिपाई ल्याएको बिल बिजक नभएको समान बरामद गरिएको हो ।
बिभिन्न नक्कली गरगहना, माला, लकेट, माला दाना, मोटर पार्टसका सामान लगायत तयारी तथा थानका कपडा बरामद गरिएको बताईएको छ । बिलबिजक बाहेकका सामान फेला परेपछि आवश्यक अनुसन्धान तथा कार्वाहिको लागि बरामद गरिएको सामान सहित गाडी र चालक समेतलाई बारा स्थित पथलैया राजश्व कार्यालयमा पठाइएको डिएसपि खड्काले बताए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...