ब्यारेजभित्र सडेको शव फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको बलरामा बेवारिसे पुरुषको शव फेला परेको छ ।नाम,थर,बतन ठेगाना,उमेर खुल्न नसकेको व्यक्तिको शव बलरा नगरपालिका–१०, सुदामास्थित सिँचाईका लागि बनाइएको मनुुष्मारा ब्यारेजमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

स्थानीय गाउँलेले ब्यारेजभित्र सड्न थालिसकेको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ ।

बक्स पाइन्ट र टि–सर्ट लगाएका पुरुषको शव सडिसकेकाले हुलिया खुलाउन समेत समस्या परेको प्रहरी निरीक्षक सिंहले बताएका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...