मधेशको समस्या निराकरणकालागी कांग्रेसका स्थानिय नेता,कार्यकर्ता अग्रसर हुँनुपर्नेमा डा.कोईरालाको जोड

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन समयमै गर्न जोड दिएका छन
महोत्तरीको भटोलियामा शनिबार आयोजित कांग्रेस महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले मधेसमा बेरोजगारी व्याप्त रहेको र यहाँका किसान मल, सिँचाइ तथा बजारको समस्याले पिडित रहेको बताए । उनले काठमाडौंमा बसेर मधेसका समस्या समाधान गर्न नसकिने भन्दै ‘मधेस अहिले ठुलो समस्यामा रहेको समेत जनाए । मधेशको समस्या निराकरणकालागी कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ता अग्रसर हुँनुपर्नेमा उनको जोड रहेको छ ।

एक फरक प्रसंगमा कोईरालाले ‘पार्टीको १५ औं महाधिवेशन समयमा गर्ने आफुहरुको चाहना भएपनि पार्टीका पदाधिकारीहरू सुस्त जस्तो देखिएको उल्लेख गरे । नेता कोइरालाले भने, ‘निर्वाचनको मुखमा आएर अधिवेशन गर्न सुरु ग¥यौं भने हामी फेरि कमजोर हुन सक्छौ ।

कोइरालाले कांग्रेस र एमालेले अगामी निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने पनि जनाए । कांग्रेसको लक्ष्य आगामी निर्वाचनमा एक्लै लडेर तीनै तहमा जितेर देखाउनुपर्ने आवश्यकता रहेको पनि उनको भनाई छ । ‘हरेक २÷२ महिनामा सरकार परिवर्तन हुनाले राजनीतिक स्थायित्व नरहने भएकाले समेत एमालेसँग मिलेर सरकार गठन गर्नुपर्ने आजको आवश्यकता रहेको उनले जनाए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...