मेयर क्षेत्रीको प्रयासमा ५० शैयाको उपचार सेवा दिन सफल बर्दिवास अस्पताल

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित सरकारी अस्पतालमा विशेषज्ञ सेवा विस्तार भएसँगै बिरामीको संख्यामा समेत वृद्धि भएको छ।
१७ बर्ष अघि १५ शैयाको अनुमती पाएर हालसम्म सञ्चालनमा रहेको बर्दिवास अस्पतालले बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्री निर्वाचित भए यता ५० शैयाको उपचार सेवा दिन सफल भएको अस्पतालले जनाएको छ।
अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा २७ हजार ७१ जना बिरामीले उपचार सेवा लिएका छन । जसमध्ये २३ हजार २ सय ९८ जनाले अस्पलालबाट ओ.पि.डि सेवा लिएका हुँन ।
अस्पतालबाट १५ सय ४९ जनालाई सामान्य सुत्केरी सेवा प्रदान गरीएको छ।
अस्पतालले सल्यक्रियाबाट ४ सय ९६ जना महिलालाई सुत्केरीसेवा प्रदानगर्न सफल भएको बर्दिवास अस्पतालका स्वास्थ्य,शिक्षा अधिकृत मिनबहादुर सेनले जानकारी दिए ।
यस्तै बर्दिवास अस्पतालमा भर्ना भई उपचार गराएर १७ सय २८ जना घर फर्केका छन्।

बिगत दुईबर्ष यता अस्पतालमा ‘विशेषज्ञ सेवा विस्तार हुँदै गएपछि अधिकांश बिरामीहरु बर्दिवास बाहिर नगएर यहीबाट उपचार सेवा पाइरहेको अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष जय नारायण शर्माले बताए । उनले भने, ‘अस्पतालको शैया र विशेषज्ञ सेवा विस्तार भएसँगै बिरामीको चाप पनि वर्षेनी बढ्दै गएको छ ।

१७ बर्ष अघि १५ शैयाको अस्पतालको रुपमा स्थापना भएको अस्पतालमा मेयर प्रह्लाद कुमार क्षेत्री निर्वाचित भए यता बर्दिवास अस्पतालको स्तरोन्नती संगै यो अस्पताल ५० शैयाको रुपमा विकास भएको अस्पताल श्रोतले जनाएको छ । अहिले अस्पतालले विशेषज्ञ चिकित्सक सहितको सेवाहरु दिदैं आएको छ । त्यसको साथै आगामि दिनमा अस्पताललाई मेयर क्षेत्रीकै प्रयासमा एक सय शैयामा सञ्चालन गर्ने योजना अनुसार थप सेवाहरु विस्तार हुदैं गएको छ।

अस्पतालले हाल बहिरंग सेवा ,आकस्मिक,ओपिडी,प्रसूति, शल्यक्रिया, प्रयोगशाला, फार्मेसी, एक्सरे, भिडियो एक्सरे, ओसिएमसी, एसएनसियु सामाजिक सुरक्षा सेवा सञ्चालन गरिरहेको जनाएको छ।
हाल बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन र एमडीजीपी सहितिको विशेषज्ञ ओपिडी सेवा अस्पतालमा सञ्चालित छन्।

अस्पतालमा हाल १० जना एम.बि.बि.एस डाक्टर सहित ५ जना विशेषज्ञ चिकित्सक १ सय २ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कार्यरत छन्।’

अस्पतालले सामाजिक सेवाको स्थापना गरी विपन्न, अशक्त, असहाय, अपाङ्गता भएका र दुर्घटनामा परेका व्यक्तिहरुलाई बर्दिवास नगरपालिकाको सिफारीसमा निशुल्क तथा आंसिक छुटमा उपचार सेवा दिईरहेको छ।
बर्दिवास अस्पतालमा नभएको विशेषज्ञ सेवाहरु तथा रोगको उपचारका लागि संघीय तथा प्रदेशिक अस्पतालहरुसँग समन्वय गरेर समेत सेवा प्रवाह गर्ने गरेको छ ।
यो सेवाहरु संगसंगै बर्दिवास अस्पतालले मधेश प्रदेशकै नगर अस्पतालहरु मध्ये यस बर्ष उत्कृष्ट स्थान हासिल गर्न समेत सफल भएको बताईएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...