आज्ञा खबर
बर्दिवास
महोत्तरीको प्रमुख जिल्ला अधिकारीमा लालबाबु कवारी सरुवा भएर आएका छन। कवारी गृह मन्त्रालयबाट सरुवा भएर महोत्तरी आएका हुँन।
गृह मन्त्रालय र त्यसको मातहतका २९ जना कर्मचारीको जिम्मेवारी हेरफेर तथा सरुवा गरे संगौ महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल दोलखाको प्रमुख जिल्ला अधिकारी भएर सरुवा भई गएका हुँन।
गृहमन्त्री रमेश लेखकले १८ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव वसन्त अधिकारीलाई बारा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । प्राधिकरणमा सहसचिव रामबन्धु सुवेदीलाई ल्याइएको छ ।
प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउनेमा रुपन्देहीमा वासुदेव घिमिरे, पर्सामा गणेश अर्याल, पाल्पामा तोयनारायण सुवेदी, धनकुटामा टुवराज पोखरेल, गोरखामा पुण्यविक्रम पौडेल, तनहुँमा श्यामकृष्ण थापा र गुल्मीमा जनार्दन गौतम छन् ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा ल्याइएको छ । बाराका प्रजिअ शशिधर घिमिरे, पाल्पाका प्रजिअ आनन्द काफ्ले, ताप्लेजुङका प्रजिअ रवीन्द्रप्रसाद आचार्य र जाजरकोटका प्रजिअ उमाकान्त अधिकारीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
सङ्खुवासभाको सीडीओको जिम्मेवारी विनोदकुमार खड्का, भक्तपुरमा गोपालप्रसाद अर्याल र डोटीमा मोहनराज जोशीलाई दिइएको छ । भक्तपुरमा कार्यरत रोशनीकुमारी श्रेष्ठलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
ललितपुरका प्रजिअ तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । सहसचिव रमेश ढकाललाई ललितपुरमा पठाइएको छ । उपसचिव रामचन्द्र अर्याल इलाका प्रशासन कार्यालय बुटवलमा सरुवा भएका छन् ।
गोरखाका प्रजिअ भोला दाहाललाई सप्तरीमा सरुवा गरिएको छ । बैतडीको प्रजिअ भीमकान्त शर्मालाई प्राधिकरणमा ल्याइएको छ । बैतडीमा दीर्घराज उपाध्यायलाई पठाइएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राँतिलाई जाजरकोट र नेत्रप्रसाद शर्मालाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।





































