निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गर्‍यो

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले राष्ट्रियसभामा रिक्त हुने २० सदस्यका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

आगामी माघ ११ गते हुँन लागेको राष्ट्रिय सभा सदस्यका निर्वाचनकालागि यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दलका लागि सूचना प्रकाशन गर्ने छ।
साथै मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताको समय आयोगले तोकेको छ ।

यसैगरी आयोगले पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशन गर्नेे तालिका रहेको जनाएको छ ।

यस्तै पुस १६ गते सातवटै प्रदेशमा निर्वाचन कार्यालय स्थापना गरी अधिकृतको नियुक्ति गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । पुस २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने र माघ ११ गते बिहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म मतदान सञ्चालन हुने आयोगले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...