आज्ञा खबर
सर्लाही
नेकपा माओवादी केन्द्रले शनिबार राखेको विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार सर्लाही आउने भएका छन् ।
माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठले सो दिन लालबन्दीमा पार्टी निकट दलित संगठनको प्रदेश स्तरीय भेला, बागमतीमा जिल्लाकै प्रथम शहीद इन्द्र कोइरालाको परिवारलाई पार्टीले बनाइदिएको ४ कोठाको आवास घर हस्तान्तरण र बागमतीमै पार्टीका कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र सर्लाहीका संयोजक तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) ले बताए ।
