आज्ञा खबर
बर्दिवास
महोत्तरी जिल्लाको १५ वटै पालिकामा हातीपाईले रोग बिरुद्धको औषधी खुवाईदै छ। हातीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत सो औषधी खुवाउन लागिएको हो ।
यस अन्र्तगत स्वास्थ्य कार्यालय महोत्तरीले अभियान सञ्चालन गर्दै छ । यहि फगुण ११ गतेबाट यसको औपचारिक सुरुवात भई फागुण २४ गत्तेसम्म कार्यक्रम सञ्चालन रहने छ।
यो अभियानमा स्वास्थ्यकर्मी प्रतेक नागरीकको घर घरमै पुगेर उनिहरुकै निगरानीमा औषधि खुवाईने बताईएको छ,
अभियानलाई सफल बनाएर महोत्तरीमा हाती पाईले रोग उन्मुलन गर्न स्वास्थ्य कार्यालयले सबैमा आव्हान समेत गरेको छ।
यस्तै गत वर्ष औषधी खुवाए पनि लक्षय अनुसार रोग नियन्त्रणमा आउन नसकेपछि पुन ः कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको हो।
स्वास्थ्य कार्यालयका अनुसार हात्तीपाइले रोगबाट बच्न प्रयोग हुने औषधि पूर्णरूपमा सुरक्षित रहेकोले सामान्य टाउको दुखे ,वान्ता आउन खोजे पनी त्यसले खासै असर नगर्ने जनाईएको छ, तर, हात्तीपाइले रोगको औषधि खाली पेटमा सेवन गर्न नहुने जानकारी दिईएको छ।
यसैगरी दुई वर्ष उमेर नपुगेका बालालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलोजोको, मृगौला र फोक्सोको दीर्घ रोग, छारे रोग भएका विरामीले भने यो औषधि खान नहुँने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। साथै कार्यालयले जिल्लाभरका ७ लाख ३१ हजार नगरिकलाई औषधि खुवाउने लक्षय राखेको छ।





































