शिक्षाकाे नाममा राजनीति नगर्नूस् : जुली महताे

[sharethis-inline-buttons]

आज्ञा खबर

राजा झा
जनकपुरधाम( नेकपा एमालेकी नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जुली कुमारी महताले रामस्वरूप रामसागर बहुमुखी ९राराब० क्याम्पसको विकासका लागि क्याम्पस प्रशासनलाई योजना बनाएर ल्याउन आग्रह गरेकी छन्।
धनुषा ३ बाट निर्वाचित भएकी जुली सोमबार राराब क्याम्पसमा पुगेपछि क्याम्पसको ‍विकासका लागि सबै तत्पर रहेको बताइन्।
उनले भनिन्, ‘यो क्याम्पस राष्ट्रकै धरोहरको रूपमा छ। यसको विकासका लागि जे आवश्यकता छ, त्यसको योजना बनाएर म कहाँ ल्याउनूस्। म फाइल अगाडि बढाउँछु।’
शिक्षकको तलबबाहेक राज्यबाट केही नआउने गरेको गुनासो सुनेको भन्दै जुलीले भनिन्, ‘यहाँको आवश्यकता के(के छ, त्यसलाई एउटा योजनावद्ध रूपमा प्लानिङ्ग गरेर ल्याउनूस्। यो नगरको बजेटले मात्र हुँदैन। यो संघको पनि दायित्व हो, प्रदेशको पनि दायित्व हो र यस क्षेत्रबाट मलाई चुन्नु भएकाले मेरो पनि दायित्व हो।’
त्यस्तै, उनले शिक्षाको नाममा राजनीति नगर्न आग्रहसमेत गरिन्।
‘शिक्षामा नकारात्मक राजनीति नगर्नूस। सबैको विचार सबैसँग मिल्न सक्छ तर सबैजना आफ्नै क्षेत्रको विकासका लागि काम गरिरहेका छौँ। कहिलेकाहीँ विचार नमिल्दा इगो बनाइन्छ। त्यसलाई छाडेर आ(ण्आफ्नो जिम्मेवारी सकारात्मक रूपमा निर्वाह गर्नूस्’, जुलीले भनिन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...