आज पल शाहविरुद्धको मुद्दाको सुनुवाइ

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं,

अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालतमा आज सुनुवाइ हुने भएको छ। भदौ १५ सुनुवाइ हुने भनिए पनि असोज २ गतेको लागि पेशी सरेकोले आज सुनुवाइ हुने भएको हो।

आज सुनुवाइको मिति तोकिएको अभिनेता शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले जानकारी दिए। अदालतबाट अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने वाग्लेले बताए। नवलपुर जिल्ला अदालतले भदौ २१ गते बलात्कारको मुद्दामा भने शाहलाई सफाइ दिएको थियो भने यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद सजाए, दश लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको थियो।

गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए। शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आएका थिए।

शाहका विरुद्ध नवलपुरमा पनि जबरजस्ती करणी गरेको भनी अर्को जाहेरी परेको थियो। उक्त अभियोगमा तनहुँ जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...