पत्रकार महासंघका पदाधिकारीहरु र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नेपाल पत्रकार महासंघका पदाधिकारीहरु र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ। प्रतिनिधिसभाको कार्यकाल सकिन लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानूनको तर्जुमा हुन नसकेपछि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन महासंघ टोली बालुवाटार पुगेको हो ।

भेटमा महासंघका पदाधिकारीहरुले मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानूनहरु चालू अधिवेशनमा नै छिनोफानो गरिदिन महासंघले प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो । सञ्चारसम्बन्धी कानून नहुँदा विद्युतीय कारोबार ऐनलगायतका कानूनहरु आकर्षित गरी पत्रकारलाई दुःख दिने काम भएको भन्दै टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले महासंघले उठाएका विषयलाई सकारात्मक रुपमा लिएको र यथासक्य सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । भेटमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी सहभागी थिए ।

प्रतिनिधिसभाको कार्यकाल समाप्त हुनुअगावै यस विषयलाई टुंगोमा पुर्याउन सरोकारवालाहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको महासंघले सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेट्दैछ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...