आफैले चलाएको ट्याक्टरमा च्यापिएरसर्लाहीमा एकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सर्लाही
सर्लाहीको मलंगवा नगरपालिका–६ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर एकजनाको मृत्यु भएको छ ।

म्ृात्यु हुनेमा चन्द्रनगर गाउँपालिका–५, मोहनपुर बस्ने ३२ वर्षीय रवीन्द्र साह सोनारको रहेका छन,
ज १ त ३८२४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक सोनारको मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा सोही ट्याक्टरले च्यापिएर घटनास्थल मै चालकको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

लखन्देही खोलामा तटबन्धका लागि ढुंगा झारेर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...