जानकी एकेडमिक हस्पिटलमा पनि आँखा उपचार सेवा

[sharethis-inline-buttons]

महोत्तरी, जेठ २७ गते ।

महोत्तरीको रामगोपालपुर नगरपालिका ९ स्थित पर्सा देवानमा सञ्चालित जानकी एकेडेमिक हस्पिटलले आँखा उपचार सेवा पनि सुरु गरेको छ । मधेश प्रदेशकै ग्रामिण भेगमै पहिलोपटक २४ घण्टा विभागीय विशेषज्ञ चिकित्सकहरुबाट उपचार भइरहेको यस हस्पिटलमा आँख उपचार सेवा थापिएको हो ।

विशेषज्ञहरुबाट आँखा सम्बन्धि रोगको उपचार बिहीबारबाट सुरु गरिएको हस्पिटलका प्रशासन प्रतिनिधि संजय यावले जानकारी दिए ।
ग्रामिण भेगमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी स्तरबाटै सञ्चालनमा आएको दुई सय बेडको यो हस्पिटलमा आइसियु, भेन्टिलेटर, एनआइसियु, प्रसुति सेवा, हेल्थ इन्सोरेन्स लगायतको सेवा सुचारु रहेको छ ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...