सर्लाहीको बरहथवा नगरपालिका–४ मा गोलाप्रथाबाट वडाध्य चयन

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाहीको बरहथवा नगरपालिका–४ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार लखेन्द्र महतो र नेकपा एमालेका उम्मेदवार कृष्ण कुमार शाहले ३ सय ४ ल्याएपछी गोलाप्रथाबाट वडाध्यक्ष चयन गरिएको छ । १ हजार ७५ मतदाता रहेको सो वडामा ९ सय २४ मत खसेको थियो ।
वडामा दुई उम्मेदवारको समान मत आएपछि निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथाबाट वडाध्यक्ष चयन गरेको हो ।
गोलाप्रथाबाट निर्णय हुँदा साह निर्वाचित भएको बरहथवा निर्वाचन कार्यालयका अधिकृत दशरथ पंगेनीले जानकारी दिए । सोही वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार घनश्याम शाहले २ सय ८९ मत, जनता समाजवादी पार्टीका श्यामबाबु गिरीले ३९ र जनमत पार्टीका सुखल साह तेलीले ६ मत प्राप्त गरेका थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...