आज्ञा खबर
महोत्तरीको गौशाला नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार दिपेन्द्र महतो र उपमेयरमा रेनु कुमारी विजयी भएका छन् ।
मेयरमा निर्वाचित दिपेन्द्र महताले ८७९९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका बिष्णु योन्जनले ५६२७ मत पाए भने कांग्रेसका वसन्त गुरुङले ५१३२ मत ल्याए ।
मेयरमा निर्वाचित महतो स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक हुन् ।
यस्तै उपमेयरमा पनि जसपाकी रेनु कुमारीले ८४५५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटत् प्रतिस्पर्धी माओवादीका जनक दुलारी साहले ५४९० मत पाइन भने कांग्रेसकी सुशीला देवीले ५०४७ मत ल्याइन् ।





































