आज्ञा सम्वाददाता
धनुषा
धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ।
प्रमुखमा कांग्रेस उम्मेदवार विनयकुमार यादव ५ हजार ५५६ मतसहित निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत प्राप्त गरेका छन।
यसैगरी,उपप्रमुखमा एमालेकी राधादेवी यादव ५ हजार ७३० मतसहित निर्वाचित भएका छन्।
उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रञ्जुकुमारी साहले ५ हजार ५२३ मत प्राप्त गरेकी निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले जानकारी दिए।





































