प्रह्लाद क्षेत्रीको घोडाको दौडले जित सुनिस्चित

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बर्दिवास
महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीको घोडाको दौडले जित सुनिस्चित गरेको छ। क्ष्ोत्रीले हाल सम्मको मतगणनामा अन्य उमेदवारको तुलनामा आफ्नो अग्रता कायम राखेका छन् । मतगणना हुन बाकि रहेको स्थानहरुमापनी क्षेत्रीकै अग्रता रहेको मतदाताहरुको भनाई छ।
एक मतदाताका अनुसार बिगतका दिनमा हामीले कामगर्न जिताएका राजनितिक दलका नेताहरुले मिठा सपना देखाएर जनतालाई झुक्याए त्यसैले अब कामगार्ने मान्छे चाहिएकोले घोडा छापलाई रोजेको हौ उनले भने त्यसैगरी बर्दिवास नगरपालिकाको हालको ताजा अबडेटमा पनी निकटतम प्रतिद्वन्द्वी भन्दा क्षेत्री भारी मतले अग्रस्थानमा छन।

बर्दिवास न.पा. वडा नम्बर १,२,७,८,१३ र १४ मा मतगणना सम्पन्न हुँदा सम्म स्वतन्त्र उमेदवार प्रलाद कुमार क्षेत्रीले ५७९३ मत ल्याएर अग्र स्थानमा छन
उपमेयर पदका स्वतन्त्र उमेदवार तारा देबी महतोले ३८३० नेकपा माओवादी केन्द्रका मेयर पदका उमेदवार राजु खड्काले २५८३ मत प्राप्त गरेका छन्। उपमेयर पदका उमेदवार कृष्णमाया गौतमले २३४४ मत प्राप्त गरेकि छन। नेकपा एमाले मेयर पदका उमेदवार टेक बहादुर बलम्पाकी १७६९ उपमेयर पदका उमेदवार दुर्गा दहालले २४४५ मत ल्याएकी छिन।

बर्दिबासमा ४४ हजार ४६० मतदाता रहेका छन जस्मध्ये ३१ हजार ६१७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। कुल मतबाट बर्दिबासमा ७१.११ प्रतिशत मत खसेको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...