आज्ञा खवर
वर्दिबास
वर्दिबास उद्योग वाणिज्य संघ वर्दिबासका सचिव शैलेस दहालले आफु निर्वाचित संस्थाको वेथितिलाई केलाउदै आज एक विज्ञप्ती प्रकाशन गरेका छन् । सामुहिक भावना र राजनितिक स्वार्थ चिर्न नसक्नुले आफुले निर्वाचन ताकाँ व्यापारी वर्गको लागि गर्ने भनेर प्राथमिकतामा राखेका काम गर्न नसकेकोमा पनि अफसोच जनाएका छन् । सामाजिक संंघ संस्थाहरु राजनैतिक भागवण्डावाट माथि उठेर सर्वसम्मत नेतृत्व चयन होस भन्ने आफ्नो माग पनि रहेको उनले वताए ।

राजनितिक र प्यानलगत चुनावी परम्पराले गर्दा सामाजिक संघसंस्थाहरु आफ्नो उद्देश्यमा रहेर सम्वन्धीत पक्षको हितमा काम गर्न नसकेको यथार्थ वर्दिबासको वर्तमान अवस्थाले देखाएको छ । देशमा भएको वर्तमान परिवर्तनवाट पाठ सिक्दै युवाहरुलाई उनिहरुको योग्यता अनुसारको जिम्मेवारीमा काम गर्न दिने वातावरण वनोस भन्ने आफ्नो एकमात्र चाहना रहेको छ“ उनले भनेका छन् । अन्तमा उनले भने “पार्टिगत चुनावमा आफ्नो आफ्नो झण्डा वोकेर हिड्ने स्वतन्त्रता भएपनि अन्य क्षेत्रमा भने योग्यता र अनुभवको आधारमा नेतृत्व त्यो पनि सर्वसहमति चयनको संस्कृति वनोस यहि नै अवको वर्दिवासलाई मेरो शुभकामना छ” ।
