नेकपा एमालेको वर्दिवासमा विशाल जनप्रर्दशन

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

निर्णायक राष्ट्रिय शक्ति हाम्रो संकल्प, समृद्ध नेपाल सुखि नेपाली राष्ट्रिय गन्तव्य“ भन्ने नारा सहित नेकपा एमाले वर्दिवास नगर कमिटिले आज वर्दिवासमा प्रतिगामि षड्यन्त्र विरुद्ध जनप्रदर्शनको आयोजना गरेको छ । नेकपा एमालेको पुर्वघोषित देशव्यापि कार्यक्रम अन्गर्तत जनप्रदर्शन आयोजना गरीएको आयोजकले वताएका छन् । वर्दिवास नगरपालिका भरीका एमाले नेता कार्यकर्ता तथा भातृसंगठन अनेरास्ववियु, अनेमसंघ, किसान संघ लगाएतको सहभागिता रहेको थियो । नेपालका पार्टिहरु विरुद्द जुन किसिमको नकारात्मक भ्रम फैलाउने कोशिस भएको छ त्यसलाई चिर्न पनि यो कार्यक्रमको जरुरी रहेको आयोजक नगर कमिटिका अध्यक्ष काहारमान स्याङवाले वताए । जनताको दुख सुखमा एमाले घरघरमा भनेर यसअघि वडा स्तरीय कार्यक्रम पनि सम्पन्न गरीसकिएको र कार्तिक २९ गते जिल्लास्तरीय जनप्रदर्शन गरीने जानकारी पनि स्याङवाले जानकारी दिए ।

देशको सार्वभौमसक्ता र अखण्डताको लागि सधै लड्ने पार्टि एमाले नै रहेको हुँदा यो विषम परीस्थितिमा पनि मैदान छाडेर जनतालाई धोका नदिने हाम्रो कार्यक्रम रहेको मधेस प्रदेशका सांसद मा. शारदा देवी थापाले वताईन । गाउ टोल, नगर हुँदै जिल्ला स्तरीय कार्यक्रम पर्सि शनिवार आयोजना गरीएको र ऊक्त जिल्ला स्तरीय कार्यक्रम जलेश्वरवाट शुरु भई वर्दिवास चौकमा कोणसभा गर्दै सम्पन्न गरीने पार्टिले जनाएको छ । देशमा राजनितिक पार्टिहरुको क्रियाकलापहरु नभै रहेको अवस्थामा एमालेले शुरु गरेकोमा जनतामा उत्साह छाएको देखिन्छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...