ग्लोवल एकेडेमिले ११ का विद्याार्थिलाईं स्वागत गरेको छ

[sharethis-inline-buttons]

माधव पौडेल
वर्दिबास

वर्दिबासको ग्लोवल एकेडेमिले प्लस टु तहमा भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम सम्पन्न गरेको छ । शनिबार यस क्षेत्रको चारतारे होटल गौतम लालगढको हलमा आयोजित एक भव्य कार्यक्रमका बिच स्कुलले आफ्ना विद्यार्थीलाई स्वागत गरेको हो । स्कुलका अध्यक्ष वरिष्ठ अधिवक्ता उद्धव वहादुर क्षेत्रीको सभापतित्व तथा मधेस प्रदेश सांसद मा. शारदा देवी थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । वर्दिबास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्री, मिथिला नगरपालिका धनुषाकी उपप्रमुख सुनिता वुढाथोकी विशेष अतिथि रहेको कार्यक्रममा अतिथिका रूपमा विभिन्न क्षेत्रमा योगदान गरेका विशिष्ट व्यक्तिहरू सहित स्कुलका शिक्षक, विद्यार्थी तथा शुभचिन्तकहरूको व्यापक उपस्थिति रहेको थियो ।


निकै आकर्षक स्वागत नृत्य सहित सुरुवात भएको कार्यक्रमलाई स्कुलका प्रिन्सीपल विश्वराज वाग्लेले स्कुलको छोटो परिचय सहित औपचारिकता दिएका थिए । विगत २२ वर्षदेखि स्कुल संचालनमा निरन्तर आफूलाई अब्बल साबित गर्दै आएको स्कुलले प्लस २ कार्यक्रम मार्फत ९ औँ ब्याचलाई स्वागत गरेको उनको भनाई थियो । देशभरका प्लस टु हरू मध्ये उत्कृष्टमा पर्न स्कुल लागिपरैको र छोटो समयमा नै सफलता तर्फ उन्मुख रहेको वाग्लेले वताए ।
कार्यक्रममा स्कुलका निर्देशक अर्जुनमणि पौडेलले सबै शिक्षकहरूले आफ्ना विद्यार्थीहरूको क्षमता विकास गरी उनीहरूलाई सक्षम जनशक्ति बनाउन मेहनत गरिराखेको उल्लेख गरे । साथै विद्यार्थिहरु राजधानी पलाएन हुने यसअघिका परीपाटि स्कुलले समाप्त पार्दै लगेको वताउदै सवै अभिभावकलाई ढुक्कले आफ्ना वालवालिकाको शिक्षाको लागि ग्लोवललाई जिम्मेवारी दिएर वस्न अनुरोध गरे । ग्लोवल स्कुल छान्ने निर्णय नवआगन्तुक विद्यार्थीहरूको सबैभन्दा राम्रो निर्णय भएको बताउदै, उनले शुरुमा स्कुल कस्तो होला भन्ने दुबिधामै स्कुल प्रवेश गरेकाहरु पनि आज स्कुल को शैक्षिक वातावरण देखेर प्रभावित भएको उल्लेख गरे । ग्लोवल हरेक हिसाबले उत्कृष्ट शैक्षिक संस्था भएकाले सबैको भविष्य उज्ज्वल हुनेमा आफू विश्वस्त रहेको उनको भनाई थियो ।
सफलताको गौरवमय २१ वर्ष पूरा गरेर २२ औँ वर्षमा सञ्चालनरत स्कुलले कार्यक्रम मार्फत आफ्नो गुणस्तरको पहिचान दिएको थियो । ग्लोवलबाट आफ्नो शिक्षा पूरा गरेर हाल आ–आफ्नो क्षेत्रमा नेतृत्व गरिरहेका विभिन्न क्षेत्रमा कार्यरत विद्याार्थिहरुको उदाहरण कार्यक्रममा राख्दै स्कुलले आफ्नो पहिचान दर्साएको हो ।


विशेष अतिथिको रुपमा वर्दिबास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले शिक्षामा ग्लोवल एकेडेमिको योगदान सदैव सम्झनालाएक रहेको वताए । प्रवेशिका परीक्षा लगाएत नगरवाट हुने सवै खाले गतिविधिमा ग्लोवल एकेडेमिले राम्रो नतिजा ल्याएकोमा वधाई समेत दिए । संस्थागत र सामुदायिक विद्यालय विच स्वस्थ्य सम्वन्ध रहनुपर्ने र नगरको निति नियम सवैले पालना गर्नुपर्ने क्षेत्रीले वताए । नगरले सामुदायिक विद्यालयको विकासमा उल्लेखनिय काम गरेको भएता पनि संस्थागतलाई सहकार्यको लागि नगरपालिका खुल्ला रहेको वताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मा. शारदादेवी थापाले २२ वर्षसम्म विभिन्न आरोह अवरोह पार गरेर स्कुल आजको स्थानसम्म आइपुगेको भन्दै खुसी व्यक्त गरीन । पूर्व विद्यार्थीहरूले विभिन्न क्षेत्रमा सफलता हासिल गरेर सम्मान पाएको र उनीहरू देश तथा विदेशमा दक्ष जनशक्तिका रूपमा कार्यरत छन् भन्ने थाहा पाउँदा हर्ष लागेको बताईन । वर्दिवास नगरमा हजारौ विद्यार्थी अध्ययनरत रहेको उल्लेख गरेका उनले ग्लोवल एकेडेमिका विद्यार्थीले जिल्लामै राम्रो गर्नु गर्वको विषय भएको भन्दै बधाई दिइन । उनले पाठ्यक्रमका लक्षित सिकाइ उपलब्धि हासिल गर्न विद्यार्थी सफल हुने विश्वास व्यक्त गरीन ।
कार्यक्रमका समाध्यक्ष उद्धव वहादुर क्षेत्रीले वर्दिबासमा उत्कृष्ट कार्य र नतिजा सहित ग्लोवाल स्कुल रहेको र निरन्तर रहने बताए । उनले विभिन्न विषयमा अध्ययन गरेर आज सफल भएका पूर्व विद्यार्थीहरूको उदाहरण दिँदै हाल अध्ययनरत विद्यार्थीले पनि त्यस बाट प्रेरणा लिनुपर्ने उल्लेख गरे । गुणस्तरमा सम्झौता नगरी आफ्नो उद्देश्य पूरा गर्नका लागि स्कुल सदैव प्रतिबद्ध रहेको उनको भनाइ थियो । अभिभावकको सपना, विद्यार्थीको उद्देश्य र देशको आवश्यकता परिपूर्ति गर्न एकेडेमी सधैँ सफल भएको उनको दाबी थियो ।
औपचारिक कार्यक्रम समापन पश्चात् एकेडेमीका विद्यार्थीका प्रतिभाले भरिपूर्ण मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । विद्यार्थीहरूका गायन, नृत्य लगायतका प्रतिभाहरू मनमोहक देखिन्थ्यो । यस वर्ष ८३ जना विद्याार्थिहरु कक्षा ११ मा भर्ना भएका थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...