करोडौं खर्चिएर बनाईएको सिद्धबाबा भ्यू टावर संरक्षण नहुँदा खण्डहरमा परिणत

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
सिन्धुलीको कमलामाई नगरपालिका–४ च्याउकोटमा प्रदेश सरकारको “गौरवको योजना” अन्तर्गत निर्माण गरिएको सिद्धबाबा भ्यू टावर सञ्चालनमा आउनु अघि नै जीर्ण अवस्थामा पुगेको छ। करिब साढे दुई करोड रुपैयाँ लगानी गरिएको संरचना हाल असामाजिक गतिविधि र लागुपदार्थ प्रयोगकर्ताको अखडामा परिणत भएको देखिन्छ।

भ्यू टावर निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि यसलाई सञ्चालन गर्ने जिम्मेवारी नत प्रदेश सरकारले लियो, नत स्थानीय सरकारले नै। दुवै तहबीचको समन्वय अभावले गर्दा सरकारी सम्पत्ति प्रयोगमा आउनुअघि नै नष्ट हुँदै गएको छ।

टाबरमा सुरक्षाको व्यवस्था नभएको कारण साँझपख टावर परिसरमा लागुपदार्थ सेवन गर्ने, अश्लील क्रियाकलापमा संलग्न हुने र तोडफोड गर्ने जस्ता गतिविधि बढेका छन्। झ्यालका सिसा फुटालिने, भित्री संरचनामा क्षति पुर्याइने तथा सामग्री चोरी हुने घटना सामान्य बनेका छन्।

स्थानिय बासिन्दा भने यसप्रति चिन्तित र आक्रोशित छन्। उनीहरूको भनाइमा भ्यू टावरलाई व्यवस्थित रूपमा सञ्चालन गरिएको भए यो स्थान आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्थ्यो। यसले स्थानीय बजार र रोजगारमा प्रत्यक्ष फाइदा दिने सम्भावना थियो।

“करोडौं रुपैयाँ खर्च गरेर बनेको संरचना यति छिट्टै खण्डहरमा परिणत हुनु दुःखद हो,” एक स्थानीयले बताए, “सरकारले बनाउने मात्र काम ग¥यो, संरक्षणको जिम्मा कसैले लिएन।”

अब ढिलाइ नगरी टावरको संरक्षण, सुरक्षा र व्यवस्थापनको स्पष्ट जिम्मेवारी तोक्नुपर्ने स्थानीयको माग छ। उनीहरू भन्छन्, “समयमै पहल नभए सम्पूर्ण लगानी व्यर्थ हुनेछ र यसले भविष्यमा आउने योजनाको विश्वसनीयतामाथि नै प्रश्न खडा गर्नेछ।”

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...