कक्षा १२ को नतिजा सार्वजनिक

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौँ
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। यस वर्ष परीक्षा दिएका विद्यार्थीहरूमध्ये ६१ दशमलव १७ प्रतिशतले मात्र सफलता हात पारेका छन्।

बोर्डका अध्यक्ष महाश्रम शर्माले दिएको जानकारीअनुसार, नियमिततर्फबाट परीक्षामा सहभागी विद्यार्थीहरूको संख्या तीन लाख ९६ हजार ३४७ रहेको थियो। त्यससँगै, आंशिक परीक्षार्थीको संख्या एक लाख १४ हजार ६४० पुगेको छ।

दुवै समूहलाई समेट्दा कुल परीक्षार्थी संख्या पाँच लाख दश हजार ९८७ रहेको बोर्डले जनाएको छ।

परीक्षाफल सार्वजनिक भएसँगै देशभरका विद्यार्थी तथा अभिभावकहरूमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले अपेक्षाअनुसार नतिजा आएको बताए भने, अन्यले मूल्याङ्कन प्रणालीमै पुनरावलोकन आवश्यक रहेको जनाएका छन्।

यसपटक पनि अघिल्ला वर्षसरह अङ्कको खण्डिकरणमा आधारित ग्रेडिङ प्रणाली ९जीपीए० प्रयोग गरिएको हो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...