मोटरसाइकल चोरी प्रकरणमा दोषी ठहरिएकामाओवादी नेता टिकाराम स्याङ्तान जेल चलान

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली |

सिन्धुलीका माओवादी नेता तथा मरिण गाउँपालिका–४ का वडा कमिटी अध्यक्ष टिकाराम स्याङ्तान मोटरसाइकल चोरीको मुद्दामा दोषी ठहरिएपछि कारागार चलान भएका छन्। उनी तीन वर्षअघि भएको दुईवटा पल्सर मोटरसाइकल चोरी प्रकरणमा अदालतबाट दोषी प्रमाणित भइसकेका थिए।

स्याङ्तान माओवादी केन्द्रका प्रभावशाली नेता तथा सिन्धुली क्षेत्रबाट निर्वाचित संघीय सांसद राजन दाहालका नजिकका विश्वासपात्रका रूपमा चिनिन्थे। त्यसैगरी, उनी स्थानीय खयरसाल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत थिए।

२०७९ सालमा मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेका स्याङ्तान २५ दिन हिरासतमा बसेपछि धरौटीमा रिहा भएका थिए। तर, जिल्ला अदालत सिन्धुलीले उनलाई कसुरदार ठहर गर्दै सजायको फैसला सुनाएको थियो। त्यस फैसलाविरुद्ध उनले उच्च अदालत पाटनमा पुनरावेदन गरे पनि त्यहाँ पनि मुद्दा हारेपछि उनी फरार भएका थिए।

दोषी ठहर भएयता स्याङ्तान लामो समय भूमिगत जीवन बिताउँदै आएका थिए। तर हालै पक्राउ परेका उनलाई प्रहरीले बुधबार जिल्ला अदालतमा उपस्थित गराएपछि सोही दिन कारागार चलान गरिएको जिल्ला अदालत सिन्धुलीका श्रेस्तेदार विदुरप्रसाद कोइरालाले जानकारी दिए।

३४ वर्षीय स्याङ्तानले चोरेको भनिएका दुवै २२० सीसी क्षमताका पल्सर मोटरसाइकल थिए। अदालतले गरेको फैसलाअनुसार अब उनले निश्चित अवधि जेलमा बिताउनु पर्नेछ।

पूर्व राजनीतिक पृष्ठभूमि, सांसदसँगको निकटता, र सामाजिक भूमिकाको बाबजुद स्याङ्तानको आपराधिक संलग्नताले स्थानीय क्षेत्रमा माओवादी पार्टीको छवि र नैतिकतामा पनि प्रश्न उठाएको छ

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...