नक्कली सुनको लोभ देखाई ठगी गर्ने गिरोह काठमाडौंमा पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं
नक्कली सुन र विदेशी मुद्रा देखाउँदै सर्वसाधारणलाई झुक्याएर लुटपाट गर्ने गिरोह काठमाडौंमा पक्राउ परेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले विशेष निगरानीपछि तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१० का बिमल तामाङ ९४७०, दुधौली–१२ का लालबहादुर घिसिङ ९३९० र खोटाङ मझुवागढी–१४ का भक्तबहादुर गदाल विक ९३९० रहेका छन्। तामाङ हाल ललितपुरको महालक्ष्मी–६ र घिसिङ बूढानीलकण्ठ बालुवाखानीमा बसोबास गर्दै आएका थिए भने गदाल भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए।

प्रहरीका अनुसार तामाङ र घिसिङले ुसस्तो मूल्यमा सुन र विदेशी मुद्रा पाइन्छु भन्दै उपत्यकाका विभिन्न स्थानमा रहेका व्यक्तिहरूलाई फसाइ, नक्कली सुन सटही गर्ने बहानामा उनीहरूकै सक्कली गरगहना र नगद लिएर फरार हुने गरेका थिए।

प्रवक्ता एसपी अंगुर जिसीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले काठमाडौं उपत्यकाका कम्तीमा ६ जनालाई ठगी गरेको खुलेको छ। “उनीहरूले सुन देखाउने नाटक गरेर पीडितको गहना र पैसा लुट्थे,” जिसीले बताए। “साथै, साउदी रियाललगायत विदेशी मुद्राहरू सस्तोमा दिन्छौं भन्ने बहानामा पनि नेपाली रुपैयाँ ठगी गर्ने गरेको पाइएको छ।”

गिरोहसँगै प्रहरी टोलीले सुन जस्तो देखिने पहेंलो धातु १७ ग्राम ६ सय मिलिग्राम, चार थान नक्कली सुनका ढिक्का र ना ५७ प १५१६ नम्बरको स्कुटर पनि बरामद गरेको छ।

भक्तबहादुर गदाललाई भने ठगीबाट लुटिएको सुन खरिद गरेको आरोपमा पक्राउ गरिएको हो। तीनै जनामाथि जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...