४३औं बीपी स्मृति दिवस आज देशभर मनाइँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता विश्वेश्वरप्रसाद कोइरालाको ४३औं स्मृति दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।

वि.सं. १९७६ असार २१ गते जन्मिएका बीपी कोइरालाको निधन वि.सं. २०३९ साल साउन ६ गते भएको थियो। उनको योगदानलाई स्मरण गर्दै नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक दल, सामाजिक संस्था र नागरिक समाजले श्रद्धाञ्जली कार्यक्रम, विचार गोष्ठी, रक्तदान, वृक्षरोपणजस्ता विविध काार्यक्रमको आयोजना गरेका छन्।
आज काठमाडौंको बीपी स्मृति भवन, बीपी संग्रहालय, र विभिन्न कांग्रेस कार्यालयहरूमा बिहानैदेखि नेता तथा कार्यकर्ताको भीड लागेको छ। नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले बीपी कोइरालाको विचार, दर्शन र योगदानबारे मन्तव्य दिएका छन्।
बीपी कोइराला वि.सं. २०१५ सालमा पहिलो आम निर्वाचनमार्फत जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। तर, त्यसको १८ महिनामै राजा महेन्द्रले संसद् विघटन गर्दै बीपीलाई जेल हालेका थिए। बीपी कोइराला केवल राजनीतिज्ञ,मात्रै थिएनन उनि साहित्यकारका रूपमा पनि उत्तिकै प्रसिद्ध छन्। उनका सुमनको विचार, तीन घुम्ती, मोदीब्क्ष्ल्, हिटलर र यहूदी जस्ता कृतिहरू नेपाली साहित्यमा उच्च स्थानमा छन्।

आज देशभरका विद्यालय, विश्वविद्यालय, तथा युवा संगठनहरूले पनि बीपी विचारमाथि छलफल तथा निबन्ध प्रतियोगिता जस्ता कार्यक्रम गरी दिवस मनाइरहेका छन्।
नेपालका लोकतान्त्रिक इतिहासका आधारशिला बीपी कोइरालाको स्मरण गर्दै विभिन्न स्तरबाट उनँको योगदानबारे पुनः समीक्षा र बहस चलिरहेको यो दिवसले मुलुकलाई समावेशी, न्यायपूर्ण र समृद्ध बनाउने दिशामा प्रेरणा दिने विश्वास गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...