विद्यार्थी संस्कार शिविर सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोत्तरीको मनरा शिस्वा नगरपालिकाले विद्यालय तहका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरेको सात दिने विद्यार्थी संस्कार शिविर सम्पन्न भएको छ। असार १० गतेदेखि सञ्चालनमा आएको उक्त शिविरमा नगरभित्रका विभिन्न विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत १०० जना छात्रछात्राले सहभागिता जनाएका थिए।

नगरपालिकाले यो शिविर विद्यार्थीहरूको व्यवहारिक परिवर्तन र नैतिक शिक्षा प्रवद्र्धनका लागि आयोजना गरेको हो। शिविर अवधिभर सहभागी विद्यार्थीहरूलाई योग गुरु र वैद्यहरूको सहकार्यमा योगाभ्यास, संस्कार निर्माण, जीवनशैली सुधार, आदर–सम्मान, आत्मानुशासन तथा उचित भाषाको प्रयोगजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

शिविर समापन कार्यक्रममा नगरप्रमुख मोहन पान्डेले सहभागी विद्यार्थीहरूमा शिविरपछि उल्लेखनीय परिवर्तन देखिएको बताए। “अब उनीहरूमा पढाइ, बोलाइ, उठबस, व्यवहार र आदर गर्ने शैलीमा फरक देखिन्छ,” उनले भने, “यस्ता कार्यक्रमले समाजको समग्र रूपान्तरणमा टेवा पु¥याउँछ।”

नगरप्रमुख पाण्डेका अनुसार पालिकाले हरेक वर्ष विभिन्न वडामा संस्कार शिविर सञ्चालन गर्दै आएको छ। यसले विद्यार्थीमा सकारात्मक सोच, संस्कार, अनुशासन र स्वस्थ जीवनशैलीको विकासमा सहयोग पुग्ने गरेको अनुभव पालिकाले प्राप्त गरेको छ। उनले भविष्यमा समेत यस्ता शिविरलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

पालिकाले यसअघि पनि विभिन्न वडाका बालबालिकालाई लक्षित गरी यस्ता शिविर सञ्चालन गरिसकेको छ, जसबाट विद्यार्थीको व्यक्तिगत जीवन मात्र होइन, समाजमै सकारात्मक असर परेको नगरप्रमुख पाण्डेले बताए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...