आज्ञा खवर
वर्दिवास
एक पक्षको वहिष्कारका वाबजुद नेपाली काँग्रेशको भातृसंस्था नेपाल तरुण दलको वडा अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ । वर्दिवास नगरपालिका वडा नंं.११ खयरमारामा आज सम्पन्न भएको नेपाल तरुण दल वडानं.११ को पाचौ अधिवेशनले दुर्गाराज थापालाई अध्यक्षमा सर्वसहमति चयन गर्दै १३ सदस्यीय वडा समिति चयन गरेको हो । नेपाल तरुण दल महोत्तरीका अध्यक्ष विनय कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले तरुण दलको अधिवेशनमा भागलिने नगर प्रतिनिधि तथा जिल्ला प्रतिनिधि समेत चयन गरेको छ । जिल्ला प्रतिनिधि चयन हुनेमा युवा नेता अर्जुन वस्नेत सहित ३ जना रहेको पार्टिका नेता किशोर पौडेलले वताए । एक पक्ष सधै विवाद सिर्जना गरेर पार्टिलाई कमजोर वनाउन लागि परेपनि आजको सहभागिताले त्यसको जवाफ दिएको नेपाली काग्रेशका युवा तथा प्रभावशालि नेता पोषण थापाले वताए । लोकतान्त्रीक पार्टिमा वहुमतको कदर हु्न्छ आजको कार्यक्रममा ९० प्रतिशत भन्दा वढिले गरेको निर्णय सर्वोच्च अदालतले समेत उल्टाउन नसक्ने थापाले वताए । पार्टिलाई कसरी जनता तथा कार्यकर्तामैत्रि वनाउने भन्ने कुरामा युवाँहरु एक भएर लाग्नुपर्ने र युवालाई फुटाउन टुटाउन आउनेहरु तर्फ सचेत रहन तरुणहरुलाई अनुरोध गरे ।

वडा नंम्वर १० को अधिवेशनका सहभागिहरु
यसैविच तरुण दल वर्दिवास नगरको वडा नं.१० को अधिवेशन पनि आजनै सम्पन्न भएको छ । राम प्रसाद चौलागाईको अध्यक्षतामा ११ सदस्यीय समिती चयन भएको छ । दुवै वडा अधिवेशनमा तरुण दल वर्दिवास नगर अध्यक्ष विनोद ढुंगेल, नगर सभापति युवराज पोखरेल, वर्दिवास १० र १४ का वडाअध्यक्ष क्रमश प्रमोद मोक्तान र विजय महतो, काग्रेश खयरमाराका नेताहरु दुर्गा लामा, वलदेव कटुवाल लगाएतको सहभागिता रहेको थियो ।