पूर्वसांसद मोहम्मद आफताब आलम मस्तिष्कघातपछि अस्पतालमा भर्ना

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौँ
पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम मस्तिष्कघात (स्ट्रोक) का कारण अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार उनलाई ललितपुरस्थित अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा राखिएको छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. सुदन ढकालका अनुसार आलमको अवस्था स्थिर भए पनि विशेष निगरानीमा राखेर उपचार जारी छ।

हालै रिहा भएका आलम केही दिनअघि मात्र नख्खु कारागारबाट मुक्त भएका थिए। रौतहटमा भएको चर्चित बम विष्फोट घटनाका अभियुक्त आलमलाई जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले बुधबार रिहा गर्ने आदेश दिएको थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...