माधव पौडेल
वर्दिवास
१८औं गणतन्त्र दिवस २०८२ को अवसरमा वर्दिवास स्थीत शुभस्वस्तीक अस्पतालले वर्दिवास चौकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी वर्दिबासको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा ३६ जनाले रक्तदान गरेको अस्पतालका संचालक प्रदिप कार्किले ले बताए ।

वर्दिवास रेडक्रशका सभापति भुवन खड्काले ‘रक्तदान जीवन दान’ भन्ने नारालाई आत्मसात गरी रक्तदानका लागि चाहिने सामग्री हस्तान्तरण गरी कार्यक्रको शुभारम्भ गरेका थिए । ई सेवा नेपाल, जिल्ला स्तरीय गणतन्त्र दिवश समारोह समिति महोत्तरीले पनि कार्यक्रममा सहयोग गरेको आयोजकले जनाएको छ ।





































