आज्ञा खबर
काठमाडाँै
गोरखापत्रकर्मी जनार्जन खत्रीलाई सामुदायिक पत्रकारितामा उल्लेखनीय योगदान पु¥याएको भन्दै ‘सामुदायिक रेडियो पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित गरिएको छ।
सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआईएन) को १७औँ स्थापना दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजित विशेष कार्यक्रममा खत्रीलाई सम्मान गरियो।
सामुदायिक रेडियो एकता, लालबन्दीका समाचार वाचक समेत रहेका खत्रीले समुदायमा सवाल उठाउने र समाजमा सकारात्मक परिवर्तन ल्याउने रिपोर्टिङमार्फत योगदान पु¥याएको भन्दै सीआईएनले उनलाई नगद १५ हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरेर सम्मान गरेको हो।
कार्यक्रममा खत्रीलाई सर्लाही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी, अकोराबका अध्यक्ष अर्जुन गिरी, पूर्व अध्यक्ष सुवास खतिवडा तथा संघीय संसद सचिवालयका पूर्व सचिव मुकुन्द शर्माले संयुक्त रूपमा सम्मान गरे।
उक्त अवसरमा सामुदायिक रेडियो शैलुङ दोलखामा कार्यरत बुना घिमिरे र सीआईएनकै पत्रकार उषा तामाङ पनि सामुदायिक पत्रकारितामा पु¥याएको योगदानका लागि सम्मानित भए।
