मिजार समाज नेपाल, सिन्धुलीको नेतृत्व निर्मला रम्तेललाई

[sharethis-inline-buttons]

 

आज्ञा खबर
सिन्धुली
मिजार समाज नेपाल, सिन्धुलीको प्रथम जिल्ला सम्मेलनले निर्मला रम्तेललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। शनिबार सिन्धुलीमाढीमा सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयनसँगै समाजको संगठन विस्तार समेत गरीएको हो।

रम्तेलको अध्यक्षतामा गठित २१ सदस्यीय कार्यसमितिको उपाध्यक्षका रूपमा आईतबहादुर अछामी र बिक्रम तोलांगे रहेका छन्। सचिवमा अर्जुन कुमार वयलकोटी, सहसचिवमा दिपक रम्तेल तथा कोषाध्यक्षमा कमला खनाल अछामी चयन भएका छन्।

कार्यसमितिका अन्य सदस्यहरूमा श्यामकुमार रम्तेल, बद्री रम्तेल, कमल अछामी, शिवराज तोलांगी, केदार सार्की, हरिबाबु अछामी, कृष्ण मंग्राती, गोपाल रम्तेल, उमेश रम्तेल, टिका रम्तेल, उज्जल वयलकोटी, शुक्र विशुंखे, ललित रम्तेल, पवित्रा अछामी र अमृत रम्तेल रहेका छन्।

सम्मेलनले जनक तोलांगेको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। जसमा निर्मल कुमार रम्तेल, बुद्धकुमार अछामी, इन्द्र अछामी, गोकर्ण तोलांगी, सुरज बसेल र गोरखबहादुर रम्तेल सदस्यका रूपमा चयन भएका छन्।

सम्मेलनले जिल्लाका सबै स्थानीय तहमा मिजार समाजको संगठन विस्तार गर्दै सदस्यता बितरणगर्ने निर्णयसमेत गरेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...