आज्ञा खबर
काठमाडौं
सोल्टी होटलमा आयोजित ‘सगरमाथा संवाद’का अवसरमा नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका उपविदेशमन्त्री इकुइनो अकिकोबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। संवाद कार्यक्रममा सहभागी हुन नेपाल आएकी उपमन्त्री अकिको हाल नेपालको भ्रमणमा छन्।
भेटवार्तामा मन्त्री डा. राणाले जापानसँगको लामो इतिहासको मित्रता र नेपालप्रतिको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो। विशेषतः सिन्धुली–बर्दिबास सडकको पुनर्निर्माणमा जापानले देखाएको सहयोगको उहाँले विशेष प्रशंसा गर्नुभयो। विगत वर्षको भारी वर्षाले सडकमा क्षति पु¥याएपछि जापानले पुनःनिर्माणमा दिएको सहयोग नेपालका लागि महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
जापानी अनुदानमा निर्माण भएको उक्त सडक पुनः मर्मतका लागि जापानले सहयोग विस्तार गर्ने निर्णय स्वागतयोग्य भएको मन्त्री राणाको धारणा थियो। साथै, भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने, आर्थिक तथा सामाजिक विकासमा सहकार्य विस्तार गर्ने र भावी सम्भावनाहरूमा पनि सहमति जुटेको जनाइएको छ।
