मदन–आश्रित स्मृति दिवस मनाईदै एमालेद्वारा देशभर विविध कार्यक्रमको तयारी

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोली शनिबार जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको ३२औँ स्मृति दिवस देशभर विविध कार्यक्रमसहित मनाउने भएको छ। जनताको बहुदलीय जनवादका प्रणेता भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख आश्रितको सम्मानमा पार्टीले विशेष स्मृति समारोहको आयोजना गर्ने तयारी गरेको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, पार्टीले सबै प्रदेश र जिल्ला कमिटीलाई स्मृतिसभा तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्न परिपत्र पठाइसकेको छ।

केन्द्रीय कार्यक्रम काठमाडौँको बल्खुस्थित मदननगरमा बिहान ८ बजे सुरु हुने छ। कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सम्बोधन गर्ने छन्। सो अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा दिवङ्गत नेताद्वयका परिवारजनलाई समेत विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको अधिकारीले जानकारी दिए।

स्मृति दिवसलाई ऐतिहासिक बनाउने उद्देश्यसहित प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले देशभरका पार्टी संरचनालाई व्यापक तयारीमा जुट्न निर्देशन दिएका छन्।

नेता मदन भण्डारी र जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको रहस्यमय सवारी दुर्घटनामा ज्यान गएको थियो। त्यस यता, एमालेले प्रत्येक वर्ष जेठ ३ गतेलाई स्मृति दिवसका रूपमा मनाउँदै आएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...